Wednesday, 3 April 2013

मात्र गुलाब चुनिन्छ भने...............

कोपिला मै चिमोटेर, शिरमा कसैको उनिन्छ भने
केअर्थ चम्पा चमेलीको, मात्र गुलाब चुनिन्छ भने

दुर गगन झिल्मिलाउदै, अँधेरिमा मुस्कुराउने /

रोइ बस्लान तारा कठै! गुण जुनकै गुनिन्छ भने

साथ् पाये कोही-कसैको, धड्किरहने मुटुको त्यो
बेकम्मा यि कानहरु, मनले धड्कन सुनिन्छ भने

को लाउछन प्यार यहाँ? छल, कपट, इर्श्या, जलन
प्यार अनी जिन्दगी, जालैजालो बुनिन्छ भने//

No comments:

Post a Comment