Wednesday, 3 April 2013

ओठ-ओठ मिले पछी.........

ओठ-ओठ मिले पछी के हुन्छ खै ?
श्वास उन्को निले पछी के हुन्छ खै ?

गुलाब-जल,पातला ति ओठ्को लाली

यो ओठ्मा बिले पछी के हुन्छ खै?

मेरो तस्बिर, बदामे ति आँखा भित्र
बलजफत खिले पछी के हुन्छ खै ?

लजाउदै, सर्माउदै, चिमोटेर मलाई
बारुला झै चिले पछी के हुन्छ खै ?

दुनियाँलाई बिर्सिएर, दुबै धड्कन
एकै साथ हिले पछी के हुन्छ खै ?

No comments:

Post a Comment