Wednesday, 3 April 2013

ति लाली ओठको......

ति लाली ओठको भाब बुझिन
झुकेथ्यो नजर, झुकाब बुझिन

उही समय, उही गल्ली-दोबाटोमा

तिम्रो या मेरो, लगाब बुझिन

भिन्ची म थिइन, मोनलिशाको झै
त्यो मुस्कानमा, तनाब बुझिन

न तिमी बोल्यौ, न म बोलेँ
त्यो मौनताको, जवाफ बुझिन

तिमी पूर्व लाग्यौ, म पश्चिम लागेँ
शायद त्यो प्रेमको, नकाब बुझिन

त्येसैले साथीहरु.......गीत छ, संगीत छ
तर जिन्दगीको, राग बुझिन .........!

No comments:

Post a Comment