Wednesday, 3 April 2013

मन छैन आज......

मन छैन आज, थिरमा कान्छी
पिउदै छु नशा पिरमा कान्छी

सम्झन्छु जब, पुराना कुरा
उनिन्छ मन झिरमा कान्छी

सजेर आयौ, मेरो सामुन्नेमा
अर्कैको सिन्दुर शिरमा कान्छी

न रामराम, भन्न नै आयौ
म लडेको बेला, भिरमा कान्छी

झिल्मिल छ बत्ती, शहरमा तर
छ जुनेली रात निरमा कान्छी 

म आशुँ पिउदैँ ,बाँच्न सिकौँला
रमोस, यो दुनियाँ खिरमा कान्छी

No comments:

Post a Comment