तिम्रो मन सिलाउन, सयौ धुजा फाटेको छु
खुशी दिई तिमीलाई, पिडाहरु साटेको छु
हास्नै पर्छ उज्यालोमा, फाटेको मन लुकाएर
चर्किएर मनको ब्यथा, कैयौ रात काटेको छु
हावासरी फैली जान्छ, फाटेका यि मनका कुरा
यो दुनियाँको मुख थुन्न, आँफै सँग ढांटेको छु
सुन्यतामा बाँच्नु भन्दा, सुन्य हुन निको होला
मरे मारे पाप लाग्छ, बहुलाउन आटेको छु
फक्रिएका देख्छु सबै, फाटेका'थे जो जो अरु
पलाउथ्यो होला मन, धेरै पल्ट छाटेको छु
देखाउन हुन्न बरै, धुजा सरि फाटेको मन
कठै भन्लान!मन बेर्न झिनो आस बाटेको छु
खुशी दिई तिमीलाई, पिडाहरु साटेको छु
हास्नै पर्छ उज्यालोमा, फाटेको मन लुकाएर
चर्किएर मनको ब्यथा, कैयौ रात काटेको छु
हावासरी फैली जान्छ, फाटेका यि मनका कुरा
यो दुनियाँको मुख थुन्न, आँफै सँग ढांटेको छु
सुन्यतामा बाँच्नु भन्दा, सुन्य हुन निको होला
मरे मारे पाप लाग्छ, बहुलाउन आटेको छु
फक्रिएका देख्छु सबै, फाटेका'थे जो जो अरु
पलाउथ्यो होला मन, धेरै पल्ट छाटेको छु
देखाउन हुन्न बरै, धुजा सरि फाटेको मन
कठै भन्लान!मन बेर्न झिनो आस बाटेको छु