Wednesday, 3 April 2013

अनुहार किताब र तिम्रो तस्बिर !

सुनेको छु तिमी ताराहरुको देशमा छौ,

सारा ब्रह्मान्ड सयर गर्दै तिम्रा तस्बिरहरु,

अनुहार किताबमा छयास् छाय्स्ती छापिन्छन,

मेरा नजरहरु
चाहेर पनी तिमीबाट अलग हुन सग्दैनन्,

लाग्छ तिमी झन निखरिदैँ छौ,

तिमीमा बैँश झन चढ्दो छ,

उमेर छिप्पिएर सेतै फुल्न लाग्दा पनि,

तिम्रा ओठहरु अझ भरिला हुँदै छन,

तिम्रा आँखामा नशाहरु अझ थपिदै रहेछन,

तिम्रा मुस्कानहरुमा अझ माधुर्यता थपिएछ,

निधारको खत पनि हराएछ,

अब त तिमीलाई जुन सँग दाँज्न पनि नमिल्ने भयो,

गुलाफको त के कुरा भयो र ? बालखैँमा यौबन निख्रिने,

तेसैले, आजभोलि मेरा कलमहरु

तिम्रो सौन्दर्य कोर्न सकि रहेका छैनन,

बिन्ती! सक्छौ भने

तिम्रा तस्बिर बाट मेरा नजर अलग गरिदेउ

No comments:

Post a Comment