दोबाटोमा हिजो आँखा जुधायौ किन ?
आज अर्कैसँग बाटो फुकायौ किन ?
खुला आकाश थिए म तिम्रा लागि सदा
भने हुन्थ्यो मनका कुरा लुकायौ किन ?
'अजम्बरी हुन्छ माया'भन्ने गर्थ्यौ तिमी
खहरे झै प्रेम सागर सुकायौ किन ?
तिम्रा हर आशुहरु पुछेकै थेँ,तर
मुल्य दुईपलको हासो चुकायौ किन ?
No comments:
Post a Comment