भन्नलाई भन्छौ,हो आफ्नो शहर
बनाइगयौ , यो मनलाई बगर
म सँग छैन,मख्मली रुमाल
पुछ्नलाई तिम्रो, त्यो अँश्रु नहर
कुमारीत्वको के कुरा भो र ?
मिलाए पछी, मायामा जहर
आएथ्यौ बस्न छातीमा बास
बटुवाझै गयौ ,काटेर प्रहर
सुकेका ओठ छन,निर्जिब रात छ
पुग्दैन, नआउ! प्यास मेट्ने रहर
No comments:
Post a Comment