Wednesday, 3 April 2013

के के देखियो............!!!!

के के देखियो, जामा भोटो भएर हो कि ?
बढेर कद उनको! जामा छोटो भएर हो कि ?

प्वाट्ट फुटेर बहिर, आउँला झै गर्छन

सलक्क ति पिडुलाहरु, मोटो भएर हो कि ?

दिन बित्छ अचेल,अल्झेर अनुहार किताबमा
आङै सिरिङ्ग हुने, फोटो भएर हो कि ?

बिछाये आँखा मैले,तिम्रो फोटोमा तर
चलेन छब्बिसे बैस, खोटो भएर हो कि ?

No comments:

Post a Comment