Wednesday, 3 April 2013

बदामे आँखा .......

बदामे आँखा चन्चल लुरीको
सताउछ याद पलपल लुरीको

म भुल्न खोज्छु, भुलेर आँफै
मेटिन्न कसै तलतल लुरीको

ढल्कियो होला अब त शायद

 लोभ्याउने बैस कलकल लुरीको

कहाँ खोजुँ मैले, मनको आगो
 निभाउन सक्ने दम्कल लुरीको

छ भने केही, देऊ! म पिउछु
 सक्दिन बाँच्न लिएर याद हरपल लुरीको

No comments:

Post a Comment