Wednesday, 3 April 2013

थिए समिप तिम्रै म त.....

मन हो कि बैस चोर्ने,रहरमा खोज्न गयौ
थिए समिप तिम्रै म त,शहरमा खोज्न गयौ

तैरने बानी होला तिम्रो, बैसको सागरमा

किनार मै थिए म त,लहरमा खोज्न गयौ 

छामेनौ ढुक्ढुकी शायद,त्यो अन्तरमनको
मलाई रदिफ-कफिया,बहरमा खोज्न गयौ 

शहरसहर भौतारिदै,त्यो अनमोल 'मणी'
नढाटी, भन कस्को? नजरमा खोज्न गयौ

No comments:

Post a Comment