Wednesday, 3 April 2013

हात पसारी पसारी.......

हात पसारी पसारी,अनुहार किताबमा भिखारी आये
बिद्युततिय शिकार गर्न प्रेमको, लौ हेर शिकारी आये

पिरोलेर होला शायद, छिप्पिदै गा'को उमेरले

साम-दाम दण्ड-भेद,अस्त्र सबै तिखारी आये
बिद्युतत्तिय.......

प्रेम दिवस हो! आश होला, प्रेम पाईन्छ कि?
नचम्किने अनुहार पनि साबुनले,बेस्सरी निखारी आये
बिद्युततिय .....

कोही थाके नपाएर, कोही थपिये आशले, तर किन?
नपाउनेले थपिनेलाई, फेरी पनि धिक्कारी आये

No comments:

Post a Comment