Wednesday, 3 April 2013

थर बोकी आयौ तिमी

छोडेर जन्मभुमी, मेरै, थर बोकी आयौ तिमी
थिए एक्लो हिजोसम्म, घर बोकी आयौ तिमी

लगनगाठोमा बाँधिएर, देव साक्षी राखी

धेरै विश्वाश अलिअली, डर बोकी आयौ तिमी

शिखर चुम्ने त्यो तिम्रो द्रीढ-संकल्प
पुरा गर्छु भन्दै मेरै, भर बोकी आयौ तिमी

जवानीको उत्कर्शले, बरालिने मेरो मन
ठेगान लगाउन शायद, कर बोकी आयौ तिमी

No comments:

Post a Comment