Wednesday, 3 April 2013

बन्दी प्रेमको..

ऊ बन्दी प्रेमको, जेल रहेछ माया
पाता कस्यो रे उस्को, नेल रहेछ माया

भन्छ " म हारेँ, जित्यो कसैले"

हार्-जितको प्रतिस्पर्धा, खेल रहेछ माया

बग्दै आजभोलि "मिसिसिपी" पुग्यो रे ऊ
जीवन बगाउने कस्तो? भेल रहेछ माया

No comments:

Post a Comment