बाटै ढाक्ने ढपक्क यो, एउटा लामो लर्को देखेँ
लर्को माझ झिलमिलाउने रातो रातो बर्को देखेँ
धिक्कार्दै छु आँफैलाई, पश्चतापमा जलीजली
लर्को माझ झिलमिलाउने रातो रातो बर्को देखेँ
नजदिक आयो बर्को जब, थोरै शिर झुकाएर
माझ् निधार माथि पट्टी, शिरमा रातै धर्को देखेँ
नियाल्दा मुहार त्यो, खायो मन कटक्क यो
रैछिन, धर्को लाउने उनी, उन्को सामु अर्को देखेँ
सुन्को बाला, सुन्को सिक्री, सुनैको शिरबन्दी लाउने
मुल्य उन्को चाहनाको, प्रेमको भन्दा चर्को देखेँ
माझ् निधार माथि पट्टी, शिरमा रातै धर्को देखेँ
नियाल्दा मुहार त्यो, खायो मन कटक्क यो
रैछिन, धर्को लाउने उनी, उन्को सामु अर्को देखेँ
सुन्को बाला, सुन्को सिक्री, सुनैको शिरबन्दी लाउने
मुल्य उन्को चाहनाको, प्रेमको भन्दा चर्को देखेँ
धिक्कार्दै छु आँफैलाई, पश्चतापमा जलीजली
महल रैछ भाग्य उन्को, फगत सपना घरको देखेँ
No comments:
Post a Comment